Media Network

एलन मस्कले म्यानचेस्टर युनाइटेड क्लब किन्ने हल्ला कि सत्यता ?


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौँ । ट्वीरलाई भरपुर प्रयोग गर्ने र जसका कारण बेलाबेलामा चर्चामा छाइरहने व्यक्ति एलन मस्क त्यसो त विश्वकै धनि व्यक्तिका रुपमा चिनिने मस्क त्यसै चर्चित छन , हालै मात्र मस्कले ट्वीटरमा इङलिश फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्न लागेको कुराले खेल जगतमा एक खालको तरगं छाएको छ ।उनको यो ट्विट इन्टरनेटमा भाइरल भएको छ ।  वास्तवमा, मस्कले बुधबार बिहान एक ट्वीट गरे । उनले लेखेका छन्, म आधा रिपब्लिकन पार्टी र आधा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्छु भन्ने स्पष्ट छ । यो ट्विटपछि उनले अर्को पोस्ट गरे, जसमा उनले लेखेका छन्, म म्यानचेस्टर युनाइटेड किन्दै छु, तपाईलाई स्वागत छ । मस्कको यो ट्विटमा प्रयोगकर्ताले धेरै प्रश्न उठाएका छन् ।

मस्कले प्रायः यस्ता ट्विट गर्छन्, जुन चर्चाको विषय बन्छन् । त्यसैले उनले ट्वीटरमा म्यानचेस्टर युनाइटेडलाई किन्ने घोषणा गरेका छन् तर प्रयोगकर्ता आफैंले यसपटक पत्याउन सकेका छैनन् र न त एलन मस्कले यसबारेमा अरू केही लेखेका छन् । म्यानचेस्टर युनाइटेडले नयाँ सिजनका शुरुवाती दुई खेलमा हार बेहोरेपछि क्लब व्यवस्थापनको चर्को आलोचना भइरहेका बेला मस्कको यो ट्वीट पनि चर्चामा रहेको छ ।  

मस्कले हालै सामाजिक सञ्जाल साइट ट्विटर किन्ने सम्झौताबाट पछि हटेका छन् । यसअघि उनले ट्विटर किन्ने सम्झौता गरेका थिए तर, पछि उनी सम्झौताबाट बाहिरिए ।

यस सम्बन्धमा ट्विटरले मस्कविरुद्ध मुद्दा समेत दायर गरेको छ । र अहिले ट्वीटर र मस्कबीच कानुनी लडाई जारी रहेको छ । पछि मस्कले ट्वीटको गाम्भीर्यताबारे प्रश्न सोध्दा उनले प्रत्युत्तरमा भनेका छन– होइन, यो ट्वीटरमा चलिरहने ठट्टा हो। म कुनै खेलकुदको क्लब किन्ने छैन।

जारी सिजन लगातार दुई खेलमा पराजय ब्यहोर्दै युनाइटेड अंक तालिकाको पुछारमा छ। मस्कले युनाइटेड आफ्नो बाल्यकालको मनपर्ने क्लब भएको बताएका छन्। उनले ट्वीटको रिप्लाइमा भनेका छन्– यदि मेरो कुनै क्लब हुन्थ्यो भने त्यो म्यानचेस्टर युनाइटेड नै हुने थियो। उनीहरु मेरो बाल्यकालको मनपर्ने टिम हो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद