Media Network

एनएसएलमा आज झापा र काठमाडौं भिड्दै


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

झापा पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।जारी खेलमा १ अंक सहित अंक तालिकाको आठौं स्थानमा रहेको जितबिहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १र१ को बराबरी खेलेको झपाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो ।

यता अघिल्लो सिजनको साविक विजेता काठमाडौँ रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १/० ले हराएको थियो । विदेशी खेलाडीको वचस्व रहेको दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद