Media Network

एनएसएलमा आज काठमाडौँ र ललितपुर भिड्दै


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौँ । नेपाल सुपर लिग एनएसएल फुटबलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। उक्त प्रतिस्पर्धामा जित्ने टोलीले पहिलो क्वालिफायरमा पराजित पोखरा थन्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ।

दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्ने छ।यसअघि पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा पुगिसकेको छ। जसमा पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौँ रेजर्स र ललितपुर सिटी छन्।फाइनल खेल शनिबार हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद