Media Network

एनएसएलमा आज वीरगञ्ज र झापा भिड्दै


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले प्रतियोगितामा यसअघि तीन÷तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्। एक अङ्क जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । तीन खेलबाट दुई अङ्क जोडेको झापा तालिकाको आठौँ ​स्थानमा छ ।

वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ । यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद