Media Network

एनफाको विशेष साधारणसभा हेटौँडामा सुरु


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०८०,बिहीबार

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा हेटौँडामा सुरु हुँदै छ । बिहान १० बजेदेखी हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु हुन लागेको हो ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको साधरणसभामा व्यापक प्रहरी परिचालन गरिएको छ ।
मकवानपुरले आतिथ्य गर्ने साधरणसभालाई भव्य र शान्त बनाउने उद्देश्यले आफूहरू सबै समयन्त्रसँग समन्वयमा रहेको एन्फा सदस्य एव मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल २१० प्रतिनिधि रहेकोमा साधारणसभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद