Media Network

एनसेल कन्सर्टमा यसरी झुम्यो विराटनगर


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौ।एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्यरूपमा सम्पन्न भएको छ । कन्सर्टमाचर्चित कलाकार तथा सांगीतिक समूहहरूले आफ्नो प्रस्तुति दिएका थिए । सदाबहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिदिएको थियो ।

कार्यक्रममा विराटनगरका हजारौं दर्शकहरूको उपस्थिति थियो । दिउँसो केही गर्मी भएपनि दर्शकहरूले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरूमा गाउँदै नाचेका थिए । द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरूमा झनै ऊर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले ऊर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतहरूका साथ दर्शकलाई मनोरञ्जन दिएको थियो ।धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगरवासीलाई नचाएका थिए ।त्यस्तै, लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामीजस्ता ¥याप गीतले सांगीतिक कार्यक्रम झनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, कालीकाली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरूको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो । 

‘रमाऔं सधैंसँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाईभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाकालागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरू पनि रहेको थियो । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्यरूपमा आयोजना गरेको थियो । 

एनसेनलका अनुसार अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद