Media Network

एसीसी प्रिमियर कप: फेरि वर्षाका कारण अवरुद्ध


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुनः रोकिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले वर्षाले खेल अवरुद्ध हुनुअघि  २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।ललितले लगातार बलमा आसिफ खान र जाहुर खानलाई आउट गरेपछि खेल रोकिएको हो । ललित अब ह्याटिकको खोजीमा हुनेछन् ।

यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद