Media Network

एसिया कप खेलेर यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै


खबरस्टोरी संवाददाता

२७ मंसिर २०८०,बुधबार

काठमाडौं । यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।
नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो । जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद