Media Network

एशियन कपको क्वाटरफाइनलमा पुग्यो ताजकिस्तान


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौँ । ताजकिस्तान पहिलो पटक एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न राउण्ड १६ को खेलमा ताजकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५ /३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटमा १/१ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा खेल रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा युएईले गोल गर्दै खेलमा कमब्याक गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

ताजिकिस्तानका लागि भख्डत खानोनोभले खेलको ३०औं मिनेटमा गोल गरेका थिए भने युएईका लागि खालिफा अल हम्मादीले एक गोल गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद