Media Network

फेसबुकमा काठमाडौंका मेयर बालेन र विशाल भण्डारीबिच चर्काचर्की


खबरस्टोरी संवाददाता

७ माघ २०७९,शनिबार

काठमाडौं । अहिले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अकाउन्टबाट गरिएको कमेन्ट भाइरल छ ।

कमेडी रियालिटी शो ’कमेडी क्लब विथ च्याम्पियन्स’का होस्ट एवं प्रोजेक्ट हेड विशाल भण्डारीले गरेको दुई ओटा फेसबुक पोस्टमा बालेन शाहको अकाउन्टबाट कमेन्ट गरिएको छ । उक्त कमेन्टको स्क्रिनशट अहिले फेसबुकमा चर्चित छ ।  


निर्देशक भण्डारीले ’रक्षक नै भक्षक’ शीर्षकमा एउटा पोस्ट राखेका छन् । यो पोस्टमा बालेन शाह कमेन्ट गर्छन्, “तिम्रो शो पैसाको भोटले जित्छ, तिमी पैसा कमाउन आएका हौ । तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमीलाई जीवनमा पैसा बाहेक केही कमाउनु छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।“

 “मैले प्रश्न सोधेको माफ पाउँ श्री ८ बालेन शाह  । भत्काउनु बाहेक के बनाउनुभयो ?“ निर्देशक भण्डारीले पहिलो पोस्ट गरेको दुई घण्टापछि अर्को प्रश्नसहितको स्टाटस राखे ।

“प्रश्न सोध्न पाइन्छ भाइ,“ उक्त पोस्टमा बालेन शाह नामको अकाउन्टबाट कमेन्ट गरिएको छ, “काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ तिमीलाई ?“




Share:
Reaction :
ताजा समाचार
खेलकुद