Media Network

फुटबल स्ट्राइकर भरत खवासले लगाए क्याप्टेनको फुली


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य भरत खवास नेपाली सेनाको क्याप्टेनमा बढुवा भएका छन् ।

सेनाको प्राविधिकतर्फ उनले आइतबार क्याप्टेनको फुली लगाएका हुन् ।२०७१ सालमा सेकेन्ड लप्टनबाट नेपाली सेनामा सेवा सुरु गरेका उनी एक वर्षपछि लप्टन बनेका थिए । इन्फेन्ट्रीबाट सेवा सुरु गरेको उनको ब्याचबाट धेरै जना २०७५ सालमै क्याप्टेन बनेका थिए ।

तर सेवा परिवर्तन गर्दै प्राविधिकतर्फ लागेपछि भरतको क्याप्टेन बन्ने समय लम्बिएको थियो । उनी सैनिक बायु सेवाअन्तर्गत फ्लाइट डिस्प्याचर हेर्छन् । यसमा फूल कर्नेलसम्मको दरबन्दी रहेको छ ।भरत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका कप्तान पनि हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद