Media Network

गुजरातलाई हराउँदै राजस्थान शीर्षमा


खबरस्टोरी संवाददाता

४ बैशाख २०८०,सोमबार

काठमाडौं।इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा स्थानमा उक्लिएको छ। 
 आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो। गुजरातले दिएको  १७८ रनको लक्ष्य राजस्थानले १९ दशमलव २ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो। राजस्थानको जितमा कप्तान सन्जु सामसनले ६० रन बनाए।यस्तै, सिम्रन हेटमायरले ५६ रन बनाए। देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र रविचन्द्रन आश्विनले १० रन बनाए।
गुजरातका मोहम्मद सामीले तीन विकेट लिए भने राशिद खानले दुई विकेट लिँदा नुर अहमेद र हार्दिक पन्ड्याले समान एक विकेट लिए।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७७ रन बनाएको थियो। गुजरातका डेविड मिलरले ४६ रन बनाएका थिए। सुभमन गिलले ४५, कप्तान हार्दिक पन्ड्याले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन जोडे।
राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए। ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजवेन्द्र चहलले समान एक विकेट लिए।
पाँच खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ।
आइतबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कालकाता नाइट राइडर्सलाई ५ विकेटले हरायो। 
Share:
Reaction :
ताजा समाचार
खेलकुद