Media Network

‘गुलाबी’ मा नाजिरको फरक लुक्स, गेटअपको सर्वत्र तारिफ


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौ । आफुलाई फरक रुपमा प्रस्तुत गर्ने नायक नाजिर हुसेन अभिनयमा अब्बल मानिन्छन् । 

उपयुक्त कथावस्तुको अभावले उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । म्यूजिक भिडियो हुदै फिल्म क्षेत्रमा प्रवेश गरेका नाजिरको माग विस्तारै घट्दै गइरहेको देखिएतापनि एकास्सी बिहिबार सार्वजनिक भएको नाजिर अभिनीत फिल्म ‘गुलाबी’को फस्टलुकपछि उनी फेरि चर्चामा देखिएका छन् ।

उसो त, नेपालमा राम्रा कलाकार भयपनि मेकरले गतिलो भूमिका दिन नसक्दा उनीहरूले काम देखाउन नपाएको टिप्पणी समेत हुने गर्दछ,फिल्मको फस्टलुकमा नाजिर ट्रान्सवुमनको भूमिकामा छन् । यो पोस्टरलाई फिल्म क्षेत्रबाट नै उत्कृष्टताको तारिफ गरिएको छ ।नाजिरको गम्भिर मुद्राले दर्शकलाई समेत प्रभावित बनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद