Media Network

गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौँ।गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ । टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन् । गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न, रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ । म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।

निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ । भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक भएको हो ।   अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन् । निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद