Media Network

गायिका अस्मिता र सिएलको सहकार्यमा तयार ‘शितल शितल’ मा मलिका


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं।गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको शितल शितल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

पछिल्लो पुस्ताका चर्चित संगीतकार सिएल शर्माको संगीत, रोहित घिमिरहेको शब्द, पुष्कर खत्रीको मिक्सिगं, मास्टरिगं र एरेन्ज  रहेको सार्वजनिक गीतको भिडियो मनाङ र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो । केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् ।

भिडियोमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद