Media Network

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७९,आईतवार

काठमाडौं। गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले आइतबार इन्गेजमेन्ट गरेका हुन्। खत्री र मैनालीले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्।

दुबैले स्टाटसमा लेखेका छन्,¬ ‘जिवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जिवनकै सुखद पक्ष हो। चाहाना एति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस । जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं। यो माया प्रेम अनि आशिर्वादको धेरै धेरै धन्यवाद।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद