Media Network

गायक खत्रीले गरे गायिका मैनालीसँग बिहे


खबरस्टोरी संवाददाता

१६ आश्विन २०७९,आईतवार

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।


दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।

जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद