Media Network

गायिका मेलिना राइको आवाजमा ’ए हजुर’ बजारमा


खबरस्टोरी संवाददाता

१४ पुष २०७९,बिहीबार

काठमाडौं।गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ’ए हजुर’ बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन । गोविन्द सोनिले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई शिशिर अर्यालले निर्देशन र कलर, उत्सव पौडेलले सहायक निर्देशन, समर्पण रेग्मीले छायांकन, मिलन थापाले सहायक छायांकन, अर्जुन खडकाले सम्पादन गरेका हुन भने भिडियोमा आकृति लम्साल र सागर ढकालको अभिनय रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद