Media Network

गायक प्रकाश सपुतले आफुमाथि बोतल प्रहार गर्नेलाई दिए माफी


खबरस्टोरी संवाददाता

१२ असार २०८०,मंगलवार

काठमाडौ । गायक प्रकाश सपुतले आफुमाथि दुर्व्यहार गर्नेलाई माफी दिएका छन् ।उनले कार्यक्रम आयोजक मार्फत कारबाही नगर्न अनुरोध गरेका छन् । आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई समेत उनले अनुरोध गरेका हुन् ।

स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार भए लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

नेपालमा भए छुट्टै कुरा हुने भए पनि बिदेशको कानुनको झमेलामा नपार्न आफूले माफी दिएकोे उनको भनाइ छ । गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा  बोतल प्रहार भएको थियो । सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन् । उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर माफी दिएका हुन् भने बोटल फ्याक्नेले पनि आफ्नो गल्ती स्विकार्दै माफी मागेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद