भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।
हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ’म मजदुर मायाको’, ’भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ’जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । त्रिवीबाट अँग्रेजीमा स्नातोकोत्तर दवाडीले नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् ।
न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेश इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रुपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो ।