Media Network

गायक रबिन तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखियो


खबरस्टोरी संवाददाता

२४ असार २०८०,आईतवार

काठमाडौं। गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिँदैछ ।अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद