Media Network

गायक रविन तामाङको शवलाई श्रद्धाञ्जलीको लागि नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने


खबरस्टोरी संवाददाता

२३ असार २०८०,शनिबार

काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आइतबार बिहान राखिने भएको छ ।

भोलि बिहान ८ देखि साढे १० बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने गायिका अभया सुब्बाले जानकारी दिएकी छन् । त्यसपछि अन्तिम संस्कारको लागि स्वयम्भुमा लैजाने तयारी छ । तामाङ परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गर्ने जनाइएको छ । फ्रान्समा रहेका रविनका दुई छोरी पनि काठमाडौं आइपुगेका छन् ।

चर्चित रक गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद