Media Network

गायिका स्मिताको क्यान्सरका कारण निधन


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौं। गायिका स्मिता घिमिरेको क्यान्सरबाट निधन भएको छ।

 तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। उनका ‘ए भन्छन’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ लगायत गीत रुचाइएका छन्।घिमिरेले  उपन्यास ‘हराएको मुस्कान’ समेत लेखेकी थिइन्। घिमिरे पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद