Media Network

गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

काठमाडौं।गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । 

रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ । राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’ बोलको गीतको भिडियोलाई कृष्ण प्रसाद पौडेलले निर्देशन गरेका हुन् ।  अस्मि थापा र सुधिर श्रेष्ठ फिचर्ड भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाईंको, प्रविन थापाको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन रहेको छ । 

गोदावरीमा छायाँकन गरिएको भिडियो उत्कृस्ट क्वालिटीको बनेको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद