Media Network

गायकबाट नायक बनेका प्रकाश सपुत र डेब्यु फिल्म ‘परदेशी २’


खबरस्टोरी संवाददाता

२८ आश्विन २०८०,आईतवार

काठमाडौ । बाल्यकालदेखि नै हिरो बन्ने सपना बोकेका गायक प्रकाश सपुतको चाहना अन्तत् पुरा भएको छ। चर्चित गीत ‘बोल माया’मा पनि बाल्यकालको कथा बोलेका थिए। जसमा बाल्यकालदेखि नै हिरो बन्ने सपना देखेका थिए।गत शुक्रबारबाट देशभरका हलमा रिलिज भएको गायकबाट नायक बनेका प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ ले बजारमा यतिबेला चर्चा  बटुलेको छ । अमेरिका पुगेको छोरा र उसको यादमा नै शिथिल बनेकी आमाको कथामा यो फिल्मको कथा बुनिएको छ ।

नारायण रायमाझीले फिल्ममा आफ्नो शैली छाडेका छैनन् । प्राविधिक रुपमा फिल्म कमजोर  छ तर कथावस्तुले भने दर्शकलाई बाधेंको देखिन्छ । यो फिल्म गायक सपुतको डेब्यू फिल्म हो । 

 फिल्ममा अर्की नायिका केकी अधिकारी पनि जमेकी छिन् । एक प्रेमिका र डाक्टरको भूमिकामा केकी बलियो देखिएकी छिन् । आफ्नो अभिनयले सधै नै दर्शकको मन जित्दै आएकी केकीले ‘परदेशी २’बाट पनि दर्शकको मन जित्न सक्ने आँकलन गर्न सकिन्छ । प्रकाश सपुत फिल्ममा औषत देखिएका छन् । फिल्म भित्र उनी नै हाबी छन् ।  डेब्यू फिल्ममा उनले आफूलाई नायकको रुपमा भन्दा एउटा कलाकारको रुपमा चिनाउन खोजेका छन् । भिडियोको निर्देशनमा नयाँ नयाँ क्रियशन गर्न माहिर मानिने सपुत अभिनयमा भने निखारिनु पर्ने देखिन्छ । 

फिल्म भित्र उनी आधुनिक यूवाको भूमिकामा छन् । जो आफ्नो गाउँदेखि अमेरिका पुग्दासम्म पनि उस्तै टिपटप देखिन्छ । प्रकाश यसमा ठिकठाक देखिन्छन् । बरु, फिल्ममा कही कतै देखिने देबेन्द्र बब्लु भने दर्शकको दिमागमा बस्छन् । 

फिल्म ‘परदेशी २’लाई नारायण रायमाझीले परदेशीहरुको पीडाको कथामा बुनेका छन् । जसले दर्शकको मन छुन सक्छ । फिल्म हेरेर निस्किएपछि परदेशमा गएका यूवा हुन् या जान तयार भएका यूवा नै किन नहुन्, उनीहरुलाई फिल्मले एकपटक सोच्न भने वाध्य बनाउँछ । ‘परदेशी’को अघिल्लो श्रृंखलामा गायक प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए। ‘परदेशी’लाई दर्शकहरूले अत्याधिक रुचाएका थिए। बक्सअफिसमा झण्डै ७ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद