Media Network

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ठ एक सय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई तीन लाख ५० हजार, प्रथमलाई दुई लाख, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद