Media Network

हलमा स्थान नपाए चोक चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ : अभिनेता खड्का


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘प्रकाश’लाई हलमा प्रदर्शनका लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरूले प्रदर्शनको लागि स्थान नदिएको आरोप लगाएका हुन् । उनले दर्शकको माग आइरहेको अवस्थामा आफूलाई निशाना बनाएर हलहरूले स्थान नदिएको बताए ।

अभिनेता खड्काले प्रकाशलाई ३ बजेपछिको शोजहरू नदिएको र बिहानको शो पनि नदिएको बताए । उनले ठूलो हलहरूले नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनु पर्ने भएको अवस्था आएको बताए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभई कर्णालीको कथा देखाउने उद्देश्य रहेको बताए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद