Media Network

हिराको जुत्ता लगाएर टेनिस खेलिरहेकी सेरेना


खबरस्टोरी संवाददाता

१७ भाद्र २०७९,शुक्रबार

काठमाडौं । अमेरिकी टेनिस स्टार महिला खेलाडी सेरेना विलियम्स यतिबेला जीवनकै महत्वपूर्ण ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनमा सहभागी छिन् । वर्षको अन्तिम ग्रान्डस्लाममा पहिलो चरणमा सानदार जित निकालेकी सेरेनाको यूएस ओपनको प्रत्येक खेल निकै चासो र  कौतुहलताका साथ हेरिनेछ ।

एक खेलमा पराजित हुँदा टेनिस खेलकै महान् खेलाडी सेरेनाको करिअरमा नै धक्का पुग्नेछ । जसका कारण २२ हजार दर्शकहरु यतिबेला बडो उत्सुकताका साथ उनको खेल हेरिरहेका छन् ।

सेरेनाको यो खेलसँगै अर्को पक्ष उत्तिकै रोचक लाग्दो छ । 

त्यो हो, उनले लगाएको हिराको जुत्ता । जसमा स–साना चार सय वटा हिराका टुक्रा जडित छन् । २३ पटक ग्रान्डस्लाम च्याम्पियन सेरेनाले पहिलो चरणमा हिराजडित जुत्ता लगाएकी थिइन् । जसका कारण खेलभन्दा पनि जुत्ताको चर्चा अहिले चुलिएको छ । सेरेनाले भाइरल बनेको जुत्ता नाइकको लगाएकी थिइन् । 

यसअघि, उनी आफ्नै डिजाइनको ड्रेसमा उत्रिँदा चर्चामा आएकी थिइन । उनकी पाँच वर्षीया छोरी ओलम्पियाले समेत आमाको जस्तै पहिरन लगाएको दृश्य ‘भाइरल’ बनेको थियो । यूएस ओपन महिला पहिलो चरणमा सेरेनाले मोन्टेनिग्रोलाई ६–३ र ६–३ को सोझो सेटमा हराएकी थिइन् । उनको खेल हेर्न अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, मार्टिना नवरातिलोभा, माइक टाइसन पनि पुगेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद