Media Network

हास्य कलाकार राजु श्रीवास्तवको निधन


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौँ । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनलाई अगस्त १० गते हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो । तर, उनको स्वास्थ्यमा खासै सुधार आएको थिएन । भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवको बुधबार निधन भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद