Media Network

इंग्लिस प्रिमियर लिग आजबाट पुनः सुरु हुँदै


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौँ। फिफा विश्वकप फुटबल कारण स्थगित गरिएको इंग्लिस प्रिमियर लिग आजबाट पुनः सुरु हुँदैछ ।

 विश्वकप समापन भएको ८ दिनमै लिग पुनः सुरु हुन लागेको हो । लिगअन्तर्गत आज सात खेल हुँदैछन् ।आज ब्रेन्टफोर्डले टोटेनहमविरुद्ध खेल्ने छ भने फुलह्यामले क्रिस्टल प्यालेसविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसैगरी, एभर्टनले उल्भ्सविरुद्ध खेल्दा लेस्टरले न्यूकासल तथा साउथाम्पटनले ब्राइटनविरुद्ध खेल्नेछ ।

यता लिभरपुलले एस्टन भिल्ला तथा लिगको शीर्ष स्थानमा रहेको आर्सनलले वेस्ट ह्यामविरुद्ध खेल्ने तालिका छ । लिग अन्तर्गत १४ खेलबाट ३७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा हुँदा १४ खेलबाटै ३२ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

समान १५–१५ खेलबाट ३० अंक जोडेको न्यूकासल तेस्रो तथा २९ अंक जोडेको टोटेनहम चौथों स्थानमा रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद