Media Network

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज तीन खेल


खबरस्टोरी संवाददाता

५ भाद्र २०७९,आईतवार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् । पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात बजे सुरु हुनेछ ।

यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ । खेल राति सवा ९ बजे सुरु हुनेछ । लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ । पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको  । यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । उ घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ । 

जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ । ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद