Media Network

इंग्लिस प्रिमियर लिगः म्यान्चेष्टर युनाइटेड विजयी, आज ८ खेल हुँदै


खबरस्टोरी संवाददाता

१८ भाद्र २०७९,शनिबार

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शुक्रबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यान्चेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । 

नयाँ प्रबन्धक एरिक टेन ह्यागको नेतृत्वमा प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको हो । 

खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डको पासमा जाडोन सान्चोको सहज गोल गरे । सान्चोको गोल नै युनाइटेड जितका लागि निर्णायक बन्यो । युनाइटेडले लिसेस्टरलाई खेलको अन्तिमसम्म दबाबमा राखेको थियो । 

प्रिमियर लिगमा शनिवार ८ खेल हुँदैछ । शनिवारको खेलमा इभरटोन र लिभरपुल, बेनफोर्ड र लिड्स युनाइटेड,  चेल्सी र वेष्ट ह्याम, न्यूक्यासल र क्रिष्टल प्यालेस, टोटेनह्याम र फुलह्याम, नोटिंगम फोरेस्ट र एफसी बोर्नमाउथ, उल्भर ह्यामटन र साउथ ह्यामटन तथा एष्टनभिल्ला र म्यान्चेष्टर सिटी भिड्दैछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद