Media Network

‘इन्डियन आइडल’को मञ्चमा मेनुकाको प्रस्तुतीले जजहरु बने भावुक, धरधरी रोए


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौ । मेनुका अहिले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छिन् । साई बाबाको दर्शन गरेर रियालिटी शोमा पुगेकी मेनुकाको प्रतिभाले तिन निर्णायकहरुको दिल मात्र जितेन, उनीहरुको आँखाबाट आँशु झर्यो । मेनुकाले गीत गाउँदा गाउँदै चर्चित गायिका श्रेया घोषाल रुन थालिन् । संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन् ।  गायन कलामा आफूलाई अगाडि बढाइरहेकी दुबै आँखा नदेख्ने गायिका मेनुकाले केही बर्ष अगाडि ‘सारेगमप’मा आफूलाई उभ्याएकी थिइन् । यो शोमा पनि उनले दर्शक र निर्णायकको साथ पाइन् ।

मेनुकाले सुरुवातमै भनिन्–‘म सबै कुरा आफै गर्छु । म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु । जो सामान्य मानिस गर्छन्, म सबै गर्छु । मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि, मानिसले सबै कुरा आफै गर्नुपर्छ ।’ मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाए । मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन् । उनले भनिन्–‘भगवान्ले मलाई यति धेरै हिम्मत दिनु भएको छ । सबैको आर्शिवाद म माथि छ भने मैले गर्न नै पर्छ ।’

यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन् । यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए । मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे । यसपछि, विशालले भने–‘हामी जुन चिजको पूजा गर्छौ, उसलाई आज अगाडि देखेका छौं । म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं । तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं ।’ विशालले आफूले अबदेखि मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने सुनाए ।

विशालले मेनुकाले दिलबाट गाएको बताए । यति भन्दै गर्दा उनी रोएका थिए । यसपछि, श्रेयाले भनिन्–‘तिमी भित्र के छ भन्ने तिमीलाई महशुश छैन । भगवान्ले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन । इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन । मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ । यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ ।’

मेनुकाले तिनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ पाइन् । मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन् । श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन् । मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावूक बनिन् । श्रेयाकै गीत मेनुकाले हुबहु गाइदिइन् । जसले, निर्णायकहरुलाई अचम्मित र भावुक बनाइदियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद