Media Network

जडेजा र रहाने चम्किएपछि मुम्बइमाथि चेन्नाइको सहज जित


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७९,आईतवार

काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ ।

आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए ।

मुम्बइको घरेलु मैदान वाङखडे स्टेडियममा चेन्नाइले १५८ रनको लक्ष्य १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

चेन्नाइका लागि रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । पहिलो ओभरमै डेभोन कनवे आउट भएपछि क्रिसिजमा पुगेका रहानले दोस्रो विकेटका लागि रुतुराज गाएकवार्डसँग ८२ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । गाएकवाडले ३६ बल खेल्दै २ चौका  र १ छक्का मदतमा अविजित ४० रन बनाए ।

यस्तै शिवम दुवेले २६ बलमा २८ रन बनाए । अम्बाटे राएडुले १६ बलमा अविजित २० रन बनाए ।

मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । मुम्बइका लागि इशान किसनले २१ बलमा सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा ३१ रन बनाए । यस्तै तिलक बर्माले २२ र कप्तान रोहित शर्माले २१ रन जोडे । ह्रितिक शोकिनले अविजित १८ रन बनाए ।

चेन्नाइका लागि जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २÷२ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए ।

दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाई चौथो स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि मुम्बइ भने अंकविहीन छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद