Media Network

जिम्बाबेविरुद्ध भारत १० विकेटले विजयी


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १० ले अघि रहेको छ ।

१९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो ।

कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद