Media Network

जापान बिरुद्ध कोस्टारिकाको १ गोल


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा शुरु भएको खेल;मा कोस्टा रिकाले १ गोल गरेको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन अली स्टेडियममा शुरु भएको हो ।

समूह चरणको दोस्रो खेलमा यी दुई देश आज एकअर्काको सामना गर्न लागेका हुन् । आज यो खेलमा जापानमाथि धेरैको नजर रहनेछ । एसियाली देश भएकाले जापानको खेल एसियाली समर्थकका लागि विशेष चासोको खेल हुने गर्छ । त्यसै पनि जापानलाई ‘एसियाली फुटबलको पावर हाउस’ मानिन्छ ।

यसै प्रतियोगितामा पनि जापानले एक ‘अप्रत्यासित’ नतिजा दिइसकेको छ । समूह चरणको पहिलो खेलमै उसले सन् २०१४ को च्याम्पियन जर्मनीलाई सनसनीपूर्ण रूपमा २–१ ले पराजित गरेर विजयी सुरुआत गरेको थियो । जर्मनीविरुद्धको पहिलो खेलमा जापानले पछि परेको स्थिति उल्टाएर रोमाञ्चक कमब्याक जित निकालेको थियो ।आज जापानले दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर टिम कोस्टा रिकाको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो ठीक ३ः४५ बजेबाट अहमेद बिन अली रंगशालामा सुरु हुने तालिका रहेको छ ।पहिलो खेलमा प्रतियोगिताको एक प्रमुख उपाधि दाबेदार जर्मनीलाई हराएर ३ अंक जोडेको जापान अन्तिम १६ प्रवेश गर्नबाट मात्रै एक जितेले टाढा छ ।

यदि आज उसले कोस्टा रिकामाथि मात्रै ३ अंकको जित निकालेको खण्डमा उसले अन्तिम खेल स्पेनसँग खेल्नुअघि नै अन्तिम १६ मा स्थान बनाउनेछ । अन्तिम खेलमा बलियो टिम स्पेनसँग संघर्ष गर्नुअघि नै जापान आजको खेलमा जित निकालेर अन्तिम खेलसम्मको प्रतीक्षा पन्छाउन र दबाब हटाउन चाहन्छ ।

आज जिते उसले स्पेनसँग केवल औपचारिकताका लागि मात्रै खेल्नेछ । जहाँ उसलाई जितको दबाब र तनाव केही हुनेछैन ।तसर्थ जापानका लागि आजको खेल निकै महत्त्वपूर्ण छ । पहिलो खेलमा युरोपको एक बलियो र ४ पटकको पूर्वच्याम्पियनलाई सनसनी रूपमा हराएको जापान आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।यो खेल जिते उसले निकै सजिलो गरी नकआउट चरणमा स्थान बनानेछ । गत राति साबिक च्याम्पियन फ्रान्स अन्तिम खेल बाँकी छँदै लगातार दुई जितपछि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आज कोस्टा रिकालाई हराए जापान पनि अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्ने फ्रान्सपछि दोस्रो देश बन्नेछ ।

आजको यो खेलमा जापान राम्रो जितको हकदार हुनेछ । पहिलो खेलको नतिजा हेर्दा पनि यसो भन्न सकिन्छ । पहिलो खेलमा जापानले जर्मनीविरुद्ध २–१ को उत्कृष्ट कमब्याक जित निकाल्यो भने आज उसले खेल्न लागेको कोस्टा रिका भने स्पेनसँग ७–० को फराकिलो अन्तरमा पराजित गरेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद