Media Network

जितसँगै शीर्ष चारमा रहने चेल्सीको सम्भावना बलियो


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथमाथि २–० को जित हात पारेको छ।

मंगलबारको खेलमा जित हात पार्ने क्रममा चेल्सीका लागि खेलको १६ औं मिनेटमा काइ हाभर्टेज र २४ औं मिनेटमा मासोन माउन्टले गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि चेल्सीले महत्वपूर्ण तीन अंक हात पारेको हो। यससँगै चेलसीले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ।

उसले अहिलेसम्म लिगको १५ खेलबाट २४ अंक हात पारेको छ। शीर्ष चारमा रहेको टोटनह्यामभन्दा चेल्सी ६ अंकले पछि छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद