Media Network

जीवन ढुंगेलको ‘के मान्छौ डर’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७९,सोमबार

काठमाडौं।गायक जीवन ढुंगेल र नवगायिका आशा साउदको स्वरमा रहेको ‘के मान्छौ डर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द डिपी खनालले लेखेका हुन् भने संगीत गायक ढुंगेलको रहेको छ । भिडियोमा गरिमा शर्मा र दिनेश तामाङको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन मदन लामाले गरेका हुन् । गायिका साउदको भने यो डेब्यु गीत हो । गीतमा माया प्रेमका कुरा गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद