Media Network

जिवनदेखि हार खाएको भन्दै मध्यरातमा सुशान्त खत्रीको विलाप


खबरस्टोरी संवाददाता

२३ असार २०८०,शनिबार

काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री एकाएक जिवनदेखि हार खाएको भन्दै विक्षिप्त अवस्थामा भेटिएका छन् ।हिजो मध्यरात फेसबुक लाइभमा देखिएका खत्री बिक्षिप्त रुपमा वेदना पोखिरहेका थिए । सोहि क्रममा उनले उनले आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए ।

खत्रीले हिजो फेसबुकमा निराशावादी पोस्ट गरेका थिए । हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै उनले अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए । सो स्टाटसको आशयलाई अझै खुलस्त पार्दै खत्रीले फेसबुक लाइवमा चरम निराशाजनक अभिव्यक्ति दिएका हुन् ।

६ महिनादेखि आफूलाई निकै गाह्रो भएको सुशान्तले बताएका छन् । उनले आफ्नो समस्या भने खुलाएका छैनन् । आफूले धेरैलाई साथ र सहयोग गरे पनि आफूलाई चाहिएको बेला अरुको साथ नपाएको उनको गुनासो छ ।‘सक्दिन अब मैले । सक्दिनँ । जसको धेरै आवश्यकता छ, त्यो टाइममा कोही पनि हुँदैन रहेछ भन्ने आज आएर थाहा भयो । जहिले पनि आफू पछाडि बसेर मान्छेहरुलाई हेल्प गरेँ । आफू गिरेर भए पनि सबैलाई हेल्प गरेँ । तर लास्टमा आफू नै नराम्रो भइँदो रहेछ,’ सुशान्तले भने ।

उनले थपे, ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ । कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी‘ मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु ।’‘कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ उनले भक्कानिँदै भने ।

उनले औषधिको पाता समेत देखाउदै जतिबेला पनि घटना घट्न सक्ने बताएका छन् ।‘आइ ह्याभ अ मेडिसिन राइट नाउ । जतिबेला पनि आइ क्यान डु यु नो‘ दिस इज द .फ‘ मेडिसिन . सिक्स पिल्स लाइभ गन‘ ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद