Media Network

ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला बलिउडमा हंगामा मच्चिएको छ ।

 हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएको बताईएको छ ।प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।

सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको साटो सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद