Media Network

केन्याविरुद्ध ब्याटिङमा उत्रियो नेपाल


खबरस्टोरी संवाददाता

१८ भाद्र २०७९,शनिबार

काठमाडौ । केन्याविरुद्ध दोश्रो खेलमा नेपालले ब्याटिङ थालेको छ। टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो। 

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। शुक्रबार शतकीय पाली खेलेका आसिफ शेखलाई विश्राम दिएर देव खनाललाई मौका दिएको हो। दोश्रो खेलमा देव खनाल र अर्जुन साउदले ओपनिङ गरेका छन्। 

तीन एकदिवसीय श्रृंखलाअन्तर्गत शुक्रबार पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। जिमखाना रंगशालामा नियमित कप्तानबिनै एक दिवसीय खेलिरहेको नेपालको कप्तानी उपकप्तान रोहित पौडेलले गरेका छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद