Media Network

केपी ओली कपको उपाधि मधेश प्रदेशले जित्यो


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौं । केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले उपाधि जितेको हो ।

पोखराको पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल बनाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद