Media Network

कसरी भयो रकस्टार रविन तामाङको निधन ?


खबरस्टोरी संवाददाता

२० असार २०८०,बुधबार

काठमाडौ । मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिएका रकस्टार रविन तामाङ ढलिरहेको अवस्थामा फेला परे । कोठाको ढोका लक भएको अवस्थामा भेटिएका तामाङको हृदयाघातका कारण निधन भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

दिउँसोदेखि घरमा एक्लै रहेका तामाङको फोन नउठेपछि काम विशेषले घरबाहिर रहेकी श्रीमतीले उनकी दिदी भगवती तामाङलाई खबर गरेकी थिइन् । त्यसपछि आफूले पनि फोन गर्दा नउठेपछि दिदी भगवती भाइ रविनको घरमै पुगेर प्रहरीलाई खबर गरेकी थिइन् ।

बायापट्टि घोप्टो परेको अवस्थामा फेला परेका रविनको मृत्युको यकिन भने हुन सकेको छैन्, हाल उनको बडि पोष्टमार्टमको लागी महाराजगंज स्थित टिचिगं अस्पतालमा राखिएको छ ।प्रहरीका अनुसार घटनास्थलमा शङ्कास्पद केही भेटिएको छैन ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट रहेका तामाङले विभिन्न चलचित्रमा अभिनयसमेत गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद