Media Network

कुशल भुर्तेलका रुपमा नेपालले तेस्रो विकेट गुमायो


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले खराब सुरुवात गर्दै तीन विकेट गुमाएको छ ।तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ७.१ ओभरमा ४९ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।

आउट हुनुअघि भुर्तेलले २२ बलमा ३१ रन बनाए । उनले ३ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालले आसिफ शेख र सन्दीप जोरालाई सस्तैमा गुमाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद