Media Network

‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । युट्यूब च्यानल डीएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।  

दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा उत्रदैछ । आरआर फिल्मको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । 

कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । 

रंग पत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।

फिल्मका सार्वजनिक ‘कुनै दिन यस्तो पनि..’ र ‘ए मेरो हजुर..’ बोलका दुवै गीत हिट भएसँगै निर्माण पक्ष ‘कृष्ण–लीला’ प्रति निकै उत्साहीत देखिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रसारलाई तीव्रता दिएको यो फिल्मको कृष्ण र लीला अर्थात् अभिनेता पुष्प र अभिनेत्री श्रद्धाको जोडी पनि अहिले चर्चामा छ । 

ट्रेलर हेर्नुहोस् ः


Share:
Reaction :
ताजा समाचार
खेलकुद