Media Network

कतार एएफसी कपको राउन्ड अफ १६ मा


खबरस्टोरी संवाददाता

४ माघ २०८०,बिहीबार

काठमाडौँ । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ । घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो ।
कतारको अङ्क तालिकामा ६ अङ्क रहेको छ भने चीनको २ अङ्क छ ।यसैगरी ताजकिस्तान र लेवनान एक एक अङ्कसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।
बुधबार राति कतारले ताजकिस्तानमाथि १–० गोल अन्तरको जित निकालेको हो । कतारले पहिलो हाफको १७ औँ मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो । उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्कका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ ।
यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अङ्क बाडेका थिए । अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद