Media Network

कतारले टस जित्यो, ब्याटिङमा उत्रियो नेपाल


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। 

प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। यसअघि नै सेमिफाइलन पुगिसकेको नेपाल भने कतारलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ। 

समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ। 

बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेतको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ। कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन्। समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनल पुगिसकेका छन्। 

समूह ‘बी’बाट सेमिफाइलन पुग्ने अर्को टोलीको टुंगो आज (बिहीबार) हुने खेलले लाग्नेछ। समूह ‘बी’अन्तर्गत आज हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। हङकङले पनि टस जितेर कुवेतविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुँदैछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद