Media Network

ला लिगाः रियल मड्रिडको विजयी सुरुवात


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

काठमाडौं । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमन सहित २–१ को जित निकाल्यो  । १–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो ।  गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद