Media Network

लाओससँग खेल्दै नेपाल


खबरस्टोरी संवाददाता

८ चैत्र २०७९,बुधबार

काठमाडौँ । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता आज (बुधबार) बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपालले लाओसँग भिड्दै छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले साँझ ६ बजे लाओसँग खेल्नेछ । आजको खेलमा नेपाल सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

नेपाल लाओभन्दा बलियो टोली हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एल्बर्टो एनासीले लाओसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

‘छोटो समयको तयारी भएपनि हामी शतप्रतिशत दिनेछौं । टिममा नयाँ खेलाडीहरुको बाहुल्यता धेरै छ । उनीहरुबाट राम्रो नतिजाको अपेक्षा गरेका छौं,’ किरणले भने । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टीमा ३–० ले हराएको थियो । 

थ्री नेसन्स प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओस सहभागि छन् । प्रतियोगिताको विजेताले पाँच हजार डलर पुरस्कार पाउनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद