Media Network

महिला साफ च्याम्पियनसिप खेल्न भुटानी टिम नेपाल आइपुग्यो


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौँ। महिला साफ च्याम्पियनसिप खेल्न भुटानी टिम नेपाल आइपुगेको छ । भदौ २१ देखि सुरु हुने खेलमा १२ दिनअघि नेपाल आइपुगेको छ ।

महिला साफ च्याम्पियनसिप आगामी भदौ २१ देखि नेपालमा आयोजना हुँदैछ। काठमाडौंको दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा ६ टिमले खेल्ने टुंगो लागेको छ ।

सर्वाधिक सफल टिम भारतले अहिलेको अवस्थामा भाग लिन पाउनेछैन।

फिफाले निलम्बन गरेपछि भारतलाई एक सातासम्म समय दिने दक्षिण एसियाली फुटबल महासंघले गत साता निर्णय गरेको थियो। साफले भारतलाई दुईसम्मको समय दिएको थियो। 

पहिलो खेलमा नेपाल र भुटानबीच भदौ २१ मा प्रतिस्पर्धा हुनेछ। महिला साफको तयारीका लागि भुटानी टिम भने आजै नेपाल आइपुगेको छ।

अहिलेसम्म सम्पन्न भएका महिला साफको पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।

महिला साफको समूह ‘ए’ मा भारतसहित बंगलादेश, माल्दिभ्स र पाकिस्तान परेका थिए। समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान र श्रीलंका छन्।

आयोजक नेपालले सहभागी टिमलाई च्यासल मैदान र आर्मी मैदान प्रशिक्षणका लागि उपलब्ध गराउनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद